लुम्बिनी प्रदेश सांसद वली माओवादीमा,एकल बहुमतको सरकार बनाउने एमालेको प्रयासमा धक्का

बुटवल, वैशाख १९ : लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन् । उनी उपनिर्वाचनमा तत्कालीन नेकपाबाट निर्वाचित सांसद् हुन् । 

उनी दाङ ३ (ख) बाट लुम्बिनी प्रदेश सभामा निर्वाचित भएकी थिइन्। वलीले माओवादी केन्द्र रोजेको औपचारिक जानकारी प्रदेश सभालाई जानकारी गराइसकेको बताइएको छ । 

वली स्वर्गीय प्रदेशसभा सदस्य उत्तरकुमार वलीकी पत्नी हुन् । उत्तरकुमार एमालेबाट निर्वाचित भएका थिए । 

वलीले माओवादी रोजेपछि  ८१ सदस्यीय लुम्बिनी प्रदेश सभामा सत्तारूढ एमालेसँग ४० सांसद मात्र छन् । यससँगै एकल बहुमतको सरकार बनाउने एमालेको प्रयासमा धक्का लागेको छ।