आज ७४४८ जना कोरोना संक्रमित थपिए, ३७ को मृत्यु

काठमाडौं, वैशाख २० : आज थप सात हजार चार सय ४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ३७ जनाको मृत्यु भएको छ। यो संक्रमण नेपालमा हालसम्मकै सर्वाधिक हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका १७ हजार एक सय ७६ जना स्वाब परीक्षण गर्दा सात हजार चार सय ४८ जनामा संक्रमण देखिएको हो।

आज १६ हजार ६ सय ५८ जनाको पीसीआर परीक्षण गर्दा सात हजार तीन सय ८८ जनामा संक्रमण देखिएको हो। त्यस्तै, पाँच सय १८ जनाको एन्टिजन परीक्षण गर्दा ६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

यसैगरी कोरोना संक्रमणबाट ३७ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या तीन हजार तीन सय ६२ पुगेको छ। 

काठमाडौं उपत्यकामा भक्तपुरमा २२२, ललितपुरमा ५२२ र काठमाडौंमा २९२२ जना गरी ३६६६ संक्रमित थपिएका छन्।

योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख ४३ हजार ४१८ पुगेको छ। अहिले देशभर सक्रिय संक्रमितमात्र ५४ हजार ४१ छन्।

गत २४ घण्टामा २ हजार २१ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ८६ हजार १५ पुगेको मन्त्रालयले जनाएको छ।

कोरोनाबाट मृत्यु हुनेको संख्या ३३६२ पुगेको छ।