प्राध्यापक सुर्यमान शाक्यको निधन

काठमाडौं, वैशाख २० : नेपाल वातावरण पत्रकार समूहले प्राध्यापक सुर्यमान शाक्यको निधनप्रति गहिरो दुख व्यक्त गरेको छ । 
समुहका सल्लाहकार समेत रहेका शाक्यको ६७ बर्षको उमेरमा आईतबार ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको हाे । 

विगत डेढ वर्षदेखि क्यान्सर रोगले थलिएका शाक्य समूहमा बिज्ञ सदस्यका रुपमा धेरै बर्षदेखि सक्रिय थिए । समूहको कार्य समितिमा समेत रहेर उनले वातावरण र विकासका ’boutमा हुने गरेका कार्यक्रमहरुमा आफ्नो बिषयगत बिज्ञताअनुसार योगदान दिँदै आएका थिए। अध्ययनले वातावरण इन्जिनियर शाक्य वातावरण संरक्षण परिषदमा सदस्य सचिब रहेर पनि काम गरेका थिए । उनी काठमाडौँ विश्वबिद्यालयमा प्राध्यापन पनि गर्दै आएका थिए। 

शाक्यको निधनले समूहले एक सक्रिय सल्लाहकार गुमाएको जनाएको छ । समुहले शाक्यको निधनप्रति श्रदाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेको छ।