जिप दुर्घटना हुँदा बैतडीमा पाँच जनाको मृत्यु

काठमाडौं, वैशाख २१ : बैतडीको पञ्चेश्वर गाउँपालिकास्थित गणमेश्वर मोडमा जिप दुर्घटना हुँदा चालकसहित ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् ।

सुदुरपश्चिम प्रदेश प्रहरीका अनुसार मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका–६ घर भएका जितसिंह भण्डारी, डम्बर सिंह भण्डारी, हिक्मतसिंह भण्डारी र ४० वर्षीय दिपक सिंह भण्डारी छन् । जिप चालक दशरथचन्द नगरपालिका–४ घर भएका वर्ष ४५ का तेज बहादुर बोहराको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । 

चट्याङ लागेर मृत्यु भएका वडा सदस्य  गोविन्द भण्डारीको शव परीक्षणका लागि जिल्ला अस्पताल लैजाने क्रममा जीप दुर्घटनामा परेको हो । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।