कोरोनाको उपचारमा प्रयोग हुने रेम्डेसिभिरको कालोबजारीमा संलग्न एक पक्राउ

काठमाडौं, वैशाख २३ : कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रेम्डिसिभिर औषधिको कालोबजारी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । काठमाडौंको महाराजगञ्जबा गोरखाका रसिक मियालाई प्रहरीले पक्राउ गरेको हो ।  

मियालाई २५ हजार पर्ने रेम्डिसिभिर औषधिलाई २ लाख २० हजार रुपैयाँमा बिक्री गर्दै गरेको अवस्थामा पक्राउ गरिएको महानगरीय प्रहरीले जनाएको छ ।  

त्रिवि शिक्षण अस्पताल अगाडिको सेवक फर्माका सञ्चालक दीपक ढकालले रेम्डिसिभिर बेच्न लगाएको मियाले प्रहरीसँगको बयानमा भनेका छन् । 

मियालाई संक्रामक रोग नियन्त्रण ऐन, कालोबजारी ऐनअनुसार कारवाही प्रक्रिया अगाडि बढाइएको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ ।