पछिल्लो २४ घण्टामा ९०७० जनामा कोरोना संक्रमण पुष्टि, ५४ जनाको मृत्यु
काठमाडौं, २३ वैशाख: पछिल्लो २४ घण्टामा ९०७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ५४ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९०७० जनामा संक्रमण पुष्टि भएको हो । २७०७ जना संक्रमणमुक्त भएका छन् ।