देउवा भेट्न महन्थ र राजेन्द्र पुगे बूढानीलकण्ठ

काठमाडौं, २६ बैशाख: कांग्रेस सभापति शेरबहादुर देउवा भेट्न जनता समाजवादी पार्टीका दुई नेता महन्थ ठाकुर र राजेन्द्र महतो केहीबेर अगाडी बूढानीलकण्ठ पुगेका छन् ।

प्रधानमन्त्री केपी ओलीलाई समर्थन गर्नुपर्ने बताउंदै आएका उनीहरु नयाँ सरकार गठनको पहल भइरहेका बेला देउवासँग छलफलका लागि बूढानीलकण्ठ पुगेका हुन् । माधवकुमार नेपाल समूहले राजीनामा दिने तयारी गरेपछि जसपा नेताहरु देउवा निवास पुगेका हुन् ।