प्रधानमन्त्री ओलीलाई ठाकुर र महतोले भने विश्वासको मत दिन सक्दैनौं, तटस्थ बस्छौं

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेपछि बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसक्ने बताएका छन्। प्रधानमन्त्री ओलीलाई ठाकुर र महतोले हामी तटस्थ बस्छौं भन्दै वालुवाटारबाट बाहिरिएका छन ।

प्रधानमन्त्री ओलीलाई भेट्नुअघि अध्यक्ष ठाकुर र नेता महतोले करिब डेढ घण्टा नेपाली कांग्रेसका सभापति शेरबहादु देउवासँग उनकै निवास बुढानिलकण्ठमा पुगेर भेटवार्ता गरेका थिए।