नयाँ ८८५० कोरोना संक्रमित, ५२ मृत्यु , उपत्यकामा ४१९८ संक्रमित
काठमाडौं, वैशाख २६ : गत २४ घण्टामा देशभर ८८५० जना कोरोना संक्रमित थपिएका छन्।
कुल १९ हजार २९३ जनामा कोरोना परिक्षण गरिएको मध्ये पीसीआर विधिबाट ८ हजार ७७७ र एन्टिजेन विधिबाट ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यस्तै, कोरोना संक्रमणका कारण ५२ जनाको मृत्यु भएको छ भने निकाे हुनेको संख्या ४ हजार २२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
अहिले देशभर ८८ हजार १ सय ६० सक्रिय संक्रमित छन्।
काठमाडौं उपत्यकामा ४ हजार १ सय ९८ कोरोना संक्रमित थपिएका छन् ।
जसमध्ये काठमाडौंमा ३ हजार १ सय ६१, भक्तपुरमा ५ सय ४, र ललितपुरमा ५ सय ३३ गरि उपत्यकामा मात्रै ४ हजार १ सय ९८ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा देशभर ८ हजार ८ सय ५० जना कोरोना संक्रमित थपिँदा ५२ जनाको मृत्यु भएको छ ।
अहिले देशभर सक्रिय संक्रमितको संख्या ८८ हजार १६० रहेको छ।