ओलीले रेस्पोन्स नगरेपछि नेपाल-खनाल समूहका सांसदहरू सामूहिक राजिनामातर्फ

काठमाडौं, वैशाख २७ : एमाले अध्यक्ष केपी ओलीले माधवकुमार नेपाल-झलनाथ खनाल समूहले दिएको समयसीमाभित्र कुनै ‘रेस्पोन्स’ गरेनन्।

आइतबार साँझ नेपाल-खनाल समूहले आफ्ना माग सम्बोधन गर्न आज बिहान नौ बजेसम्मको समय दिएको थियो। वरिष्ठ नेता नेपालले आइतबार मध्यरातमा ओलीलाई ६ बुँदे पत्र पनि पठाएका थिए।

तर, ओली पक्षबाट कुनै जवाफ नआएपछि सामूहिक राजिनामातर्फ नेपाल-खनाल समूहका सांसदहरू लागेका छन्। केहीबेरमा त्यस’bout निर्णय सार्वजनिक हुने उक्त समूहका एक सांसदले जानकारी दिए।

प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिँदैछन्। नेपाल-खनाल समूहले सामूहिक राजिनामा दिएपछि उनले विश्वासको मत पाउने छैनन्।