नेपाल–खनाल समूहले राजिनामा नदिने, संसद्‍मा पनि उपस्थित नहुने

काठमाडौं, वैशाख २७ : एमाले नेपाल-खनाल समूहका सांसदको राजिनामा रोकिएको छ। बिहान सिंहदरबारमा भएको उक्त समूहको बैठकले प्रतिनिधिसभा बैठकमा उपस्थित नहुने निर्णय गरेको छ।

आजको प्रतिनिधि सभाको बैठकमा नेता नेपाल पक्षका सांसदहरू अनुपस्थित भएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएका छन्।

आफूहरूले राजिनामा दिएर पनि ओली सरकारले निरन्तरता पायो भने त्यसको अर्थ नहुने बताउँदै राजिनामा नदिने बरु बैठकमा अनुपस्थित हुने निर्णय उनीहरूले गरेका हुन्।