एसईई र कक्षा १२को परीक्षा स्थगित

काठमाडौं, वैशाख २७ : राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ। 

सोमबार बिहान बसेको बोर्डको बैठकले कोरोना भाइरसको जोखिम उच्च रहेकाले एसईई र कक्षा १२को बोर्ड परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।

एसईई जेठ १३ गतेदेखि र १२ कक्षाको परीक्षा जेठ २६ देखि गर्ने तयारी बोर्डको थियो ।

योसँगै लगातार दुई वर्ष एसईई परीक्षा स्थगित भएको छ। अघिल्लो वर्ष पनि लकडाउनका कारण एसईई हुन सकेको थिएन ।