विश्वासको मत अस्वीकृत भएपछी केपी ओली प्रधानमन्त्रीबाट स्वतः पदमुक्त

काठमाडौं, वैशाख २७ : प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभामा राखेको विश्वास मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएको छ । त्यससँगै प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका छन् । प्रस्तावको पक्षमा ९३ मत परेको छ । प्रधानमन्त्री पदमा कायम रहन ओलीले १३६ मत पाउनुपर्ने थियो ।

विश्वासको मतको पक्षमा ९३, विपक्षमा १ सय २४ र तटस्थ १५ मत खसेको थियो । संसद्मा २ सय ३२ सांसद उपस्थित थिए।

एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरु बैठकमा अनुपस्थित भएनन् भने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाले विपक्षमा मत दिएका छन् । जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका सांसदहरु भने तटस्थ बसेका छन् ।