काठमाडौं उपत्यकामा दुई साता निषेधाज्ञा थपियो

काठमाडौं उपत्यकामा दुई साता निषेधाज्ञा थप्ने निर्णय भएको छ। निषेधाज्ञामा अत्यावश्यकबाहेकका कार्यालय सबै बन्द गरिने छ।

पार्टी प्यालेस र होटलमा हुने विवाहहरुमा पनि रोक लगाइएको छ।काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेधाज्ञाको दायरा फराकिलो पार्ने निर्णय गरेको हो। अत्यावश्यक सामग्री खरिदमा भीडभाड भएकाले बिहान १० बजेसम्म खुला गरिने भएको छ। यसअघि ९ बजेसम्म मात्र खुला गर्न दिइएको थियो।

राष्ट्रिय महत्वका विकास आयोजनाबाहेकका सबै विकास निर्माणसँग सम्बन्धित काम पनि बन्द गरिने छन्। त्यस्ता काममा आवासीय रूपमा खटिएर काम गर्नेलाई मात्र छुट दिइने छ । काठमाडौं उपत्यकामा यसअघि जारी दुई साताको निषेधाज्ञा समय बुधबार राति १२ बजे सकिँदैछ।