नेपाल र ओली बीच भेटवार्ता हुँदै

काठमाडौं, वैशाख ३० : एमाले अध्यक्ष केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटवार्ताको प्रस्ताव गरेका छन् । ओलीले फोन गरेर नेपाललाई भेटवार्तामा बोलाएका हुन् ।

बालुवाटारमा एमाले स्थायी समिति बैठक चलिरहँदा ओलीले नेपाललाई फोन गरेका थिए । बैठकमा सहभागी एक नेताका अनुसार नेपालले दुई घण्टापछि भेट्न सकिने बताएका छन् ।

सोही बैठकले नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भूसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेमाथिको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो ।