वर्ल्डलिंकका निर्देशक विजय जलानको कोरोना संक्रमणबाट निध

काठमाडौं, वैशाख ३० : कोरोना संक्रमणबाट इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सञ्चालक तथा निर्देशक विजय जलानको निधन भएको छ । जलानको काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा बिहीबार विहान निधन भएको हो।

कोरोना संक्रमण पुष्टि भएपछि उनी १५ दिनअघि अस्पताल भर्ना भएका थिए । जलानको भेन्टेलेटरमा राखेर उपचार भइरहेको थियो ।

जलान वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सहसंस्थापक हुन् । वर्ल्ड लिंकको स्थापना कालदेखि नै जालन व्यवस्थापकीय भूमिकामा थिए।