दुई-चार दिनलाई राजिनामा टर्‍योः नेपाल

काठमाडौं, वैशाख ३० : एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो समूहका सांसदहरूको राजिनामा केही दिनलाई टरेको बताएका छन् ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग वार्ता सकेर निस्किँदै गर्दा नेपालले संवाददाताहरूलाई उक्त जानकारी दिएका हुन् ।

अध्यक्ष ओलीसँग फागुन २८ गतेको निर्णय फिर्ता र पार्टी कमिटी २०७५ जेठ २ को स्थितिमा फर्किने विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्दै जाने सहमति भएको नेता नेपालले बताए । उनले भने ‘आज सांसदहरुले  राजीनामा दिने कुरा दुई चार दिनलाई टर्‍यो ।’