तीन दिनको समय दिएर एमाले विवाद समाधानका लागि १० सदस्यीय कार्यदल

काठमाडौं, जेठ २ : एमालेको आन्तरिक विवाद समाधानका लागि कार्यदल गठन गरिएको छ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार सिंहदरबारमा भएको भेटवार्तापछि कार्यदल गठन गरिएको हो।

कार्यदलमा ओली समूहबाट सुवास नेम्वाङ र नेपाल समूहबाट भीम रावलको नेतृत्वमा ५/५ गरी १० जना सदस्य तोकिएका छन्।

जसमा ओली समूहबाट नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल तथा नेपाल समूहबाट रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघु पन्त रहेका छन्। 

कार्यदललाई प्रतिवेदन पेस गर्न तीन दिनको समय दिइएको छ।