राष्ट्रपतिद्वारा संविधानको धारा ७६(५) अनुसार वैकल्पिक सरकार गठनकालागि आह्वान

संविधानको धारा ७६(५) अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठन गर्न आह्वान गरेकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने र वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने बताएलगत्तै राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गरेकी हुन् । यसका लागि उनले दलहरुलाई जम्मा २१ घण्टा समय दिएकी छन् ।