देउवा निवासमा माधव नेपाल सहितको सर्वदलीय बैठक

काठमाडौं, जेठ ७ : नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाभियोग लगाउने विषयमा छलफल गर्न अन्य दलहरुसँग छलफल थालेको छ।

बूढानीलकण्ठस्थित देउवा निवासमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव  र एमाले नेता माधवकुमार नेपाल पनि सहभागी छन् ।

कांग्रेस पदाधिकारी बैठकले सबै विकल्प खुला राखेर अन्य दलहरुसँग छलफल गर्ने निर्णय गरेको थियो । त्यही निर्णय अनुसार कांग्रेसले छलफल थालेको हो । 

राष्ट्रपति भण्डारीले बिहीबार नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन्। उनले नयाँ सरकार गठनका लागि आधारसहित दाबी पेश गर्न शुक्रबार बेलुकी ५ बजेसम्मको समय दिएकी छिन्।