केपी ओलीले माधव नेपालसहित ११ जनालाई सोधे स्पष्टीकरण

नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्माले ओलीले माधव नेपालसहित ११ जनालाई  लिखित स्पष्टीकरण सोधेका छन्। आजको बसेको स्थायी कमिटी बैठकले उनीहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। 

यसअघि २७ जना सांसदलाई एमालेले स्पष्टीकरण सोधेको थियो । यस्तै, चारजना नेतालाई ६ महिनाका लागि पार्टी सदस्यबाटै निलम्बन गरेको थियो । एकताका संवादको शृंखला सुरु भएपछि उक्त कारवाही फिर्ता लिइएको थियो ।

पार्टीविरुद्ध गएर विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने पार्टीका २६ मध्ये ११ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय एमालेले गरेको हो ।

नेपालसहित वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष भीम रावल, मुकुन्द न्यौपाने, निरा जैरू, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिना खान, लक्ष्मीकुमार चौधरी र कल्याणी खड्कालाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको हो ।