साहित्यकार डा. बानिरा गिरीको निधन

काठमाडौं, जेठ १० : अग्रज साहित्यकार डा. बानिरा गिरीको ७५ वर्षको उमेरमा आइतबार राति निधन भएको छ ।

हृदयाघातका कारण मीनभवनस्थित सिभिल अस्पतालमा उनको निधन भएको हो । उनलाई २० दिनअघि कोरोना संक्रमण पनि देखिएको थियो ।

स्वर्गीय डा. गिरी तीन वर्षयता अल्जाइमर्सबाट पनि पीडित थिइन् । गिरीले कवि गोपालप्रसाद रिमालमाथि शोध गरेवापत त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि उपाधि प्राप्त गरेकी थिइन् ।

उनका ‘एउटा ज्युँदो जंगबहादुर’, ‘जीवन थाय् मरु’, ‘कारागार’, ‘शब्दातीत शान्तनु’लगायत कृति प्रकाशित छन् । उनका श्रीमान्, एक छोरा र एक छोरी छन्।