उपत्यकामा निषेधाज्ञा २० जेठसम्म

काठमाडौं, जेठ ११ : कोरोना संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा २० जेठसम्मलाई बढाइएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले मंगलबार एक साता निषेधाज्ञा बढाउने निर्णय लिएका हुन् ।

संक्रमण नघटेको र आवागमन पनि कायमै रहेकाले निषेधाज्ञा बढाउने निर्णय गरिएको उनीहरूले बताएका छन् ।

१४ जेठ बिहान १ बजेदेखि २० जेठ मध्यरातसम्म निषेधाज्ञा कायम रहने भएको छ ।