पछिल्लो २४ घण्टामा कोरोनाबाट ५३१६ संक्रमित, १०१ को मृत्यु, ७२१९ संक्रमणमुक्त

काठमाडौं, जेठ १९ : पछिल्लो २४ घण्टामा ५३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

कोरोना संक्रमणबाट थप १०१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७२१९ रहेको छ ।