माधव नेपाल पक्षको स्थायी समिति बैठक बस्दै

काठमाडौं, जेठ २२ : नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटीको बैठक बस्न लागेको छ।
नेपाल पक्षले शनिबार स्थायी समिति बैठक बोलाएको छ। यसअघि शुक्रबार र बिहीबार केन्द्रीय कमिटी बैठक बसेको थियो।
आज दिउसो १ बजे स्थायी समिति बैठक बोलाइएको एक नेताले बताए। बैठकमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने जनाएको छ।
दुई दिन चलेको केन्द्रीय कमिटी बैठले अध्यक्ष केपी शर्मा ओली पक्षसँगको वार्ता पनि जारी राख्ने निष्कर्ष निकालेको थिया। सातै वार्ता लम्ब्याउनु नहुनेमा पनि जोड दिएको थियो।
