योगेश भट्टराईले एमालेको एकतामा समस्या देखेका दुई कारण

एमाले नेता योगेश भट्टराईले एमालेको एकतामा समस्या देखेका दुई कारण फेसबुक स्टाटसमा लेखेकाछन्। तर समाधान चाहि के हो भनेका छैनन्।

अध्यक्ष केपी शर्मा ओली झलनाथ खनाल र माधवकुमार नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्थ ठाकुर र राजेन्द्र महतोसँग साझेदारी गर्न तयार हुनु तथा खनाल र नेपाल ओलीसँगभन्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतसँग गठबन्धन गर्न तयार हुनु नै पार्टी एकताको मुख्य जड भएको भट्टराई बताउँछन्।

एमालेमा पछिल्लो समय अध्यक्ष ओलीले एकता प्रस्ताव राखेका छन्। तर उक्त प्रस्ताव जालझेलपूर्ण रहेको आरोप नेपाल पक्षको छ। यसबीच ओली र नेपाल तर्फका नेताहरू पार्टी एकताका लागि संवादमै पनि छन्।