२०७८ भदौमा मै पार्टीको महाधिवेशन: देउवा

बुधबार एक वक्तव्य जारी गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २०७८ भदौमा पार्टीको महाधिवेशन हुने बताएका छन् ।

‘पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्वपूर्ण राजनीतिक अभियान हो र पार्टीको जिवन्तताका लागि महायज्ञ हो भन्ने कुरा मैले राम्ररी बुझेको छु ।’ वक्तव्यमा भनिएको छ।