म्यान्मारका राजदुतद्वारा सहयोग हस्तान्तरण

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ दोस्रो लहरको प्रतिकार्यमा सहयोग पुग्ने गरि म्यान्मा नेपाल मैत्री सहयोगार्थ अक्सिजन कन्सनटेटर, पल्स अक्सिमिटर, 3M सिंगल-डबल फिल्टर मास्क र N95 मास्क लगायका स्वास्थ्य सामाग्रीहरु नेपालको लागि म्यान्मारका महामहिम राजदुत ऊ सेन ऊ ले आज त्रिभुव अन्तराष्ट्रिय विमान्स्थलमा एन.सि.भि संस्थालाई हस्तान्तरण गरेका छन्।
उक्त सामानहरु म्यान्मा देखि नेपाल सम्म निशुल्क डुबानी गरि ल्याई दिएकोमा श्री एअरलाईन्सलाई धन्यवाद दिदै एन.सि.भि नेपाल का अध्यक्ष यादव गौतम र संस्थापकज्यूहरु शंकर धिमिरे, तुलसि राम ज्ञवाली, राजेन्द्र प्रशाद प्रधान हरुले विमानस्थल पुगी संयुक्तरुपमा वुझिलिनुभएको छ ।
एन सि भि नेपाल सस्था विगतका वर्ष देखी नेपालका विभिन्न प्रदेशहरुमा कोभिड १९ प्रतिकार्यमा सक्रिय हुदै आफ्ना विभिन्न कार्ययक्रमहरु संचालन गर्दै आइरहेको छ । यस सामाग्रीहरुले कोभिड १९ प्रतिकात्मक कार्यलाई निरन्तरता दिन थप सहयोग पुगेको छ ।