काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउँदै थप्ने तयारी

काठमाडौं, असार ६ : काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थपिने भएको छ। अबको निषेधाज्ञा भने अझै खुकुलो हुने जनाइएको छ। 

कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाइएको छ। पछिल्लो पटक थपिएको निषेधाज्ञा सोमबार सकिँदै छ। 

त्यस्तै, फेरि निषेधाज्ञा थप्न आज काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बस्न लागेको हो। आज बैठक बसेर निषेधाज्ञाका विषयमा निर्णय हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए। 

काठमाडौं उपत्यकामा केही दिनयता कोरोना संक्रमण घट्दै गएको छ। जसले गर्दा गत दुई सातायता निषेधाज्ञा पनि खुकुलो बनाइदै ल्याइएको छ। 

अत्यवाश्यक सवारी साधन चल्न दिइएको छ। त्यस्तै, खाद्यान्नलगायत अत्यवाश्यक सामग्रीका पसल बिहान ११ बजेसम्म खोल्न दिइएको छ। सर्वसाधारणलाई आवश्यक कामका लागि हिडडुल गर्न दिइएको छ। 

अब अझै खुकुलो बनाइने भएको छ। निषेधाज्ञा एक साता थपिने पक्का भए पनि मोडालिटीका विषयमा टुंगो लाग्न बाँकी रहेको उनले बताए। आज बस्ने बैठकले के खोल्न दिने भनेर निर्णय गर्ने भएको छ। 

सुनसान कन्केश्वोरी मन्दिर। तस्विरहरु: सुनिल शर्मा