एमालेमा गएका माओवादीका १४ जनप्रतिनिधि पदमुक्त

काठमाडौं, असार ११ : नेकपा (माओवादी केन्द्र) छाडेर नेकपा (एमाले)मा गएका १४ जना जनप्रतिनिधि पदमुक्त भएका छन्। 

शुक्रबार निर्वाचन आयोगले सूचना प्रकाशित गरी उनीहरूको पद रिक्त भएको जनाएको छ। माओवादी छाडेर एमालेमा गएका दुई जना मेयर, पाँच जना उपमेयरसहित १४ जनप्रतिनिधिलाई माओवादीले हटाएको थियो। 

उनीहरूलाई कारबाही गरेपछि माओवादीले त्यसको जानकारी निर्वाचन आयोगलाई दिएको थियो। आयोगले माओवादीको सिफारिशमा उनीहरूको पद रिक्त भएको आज सूचना जारी गरेको हो। 

माओवादीले हटाएका जनप्रतिनिधिमा रौतहट मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साह र रौतहटकै कटहरिया नगरपालिकाका मेयर सियारामप्रसाद कुशवाहाको रहेका छन्।

त्यस्तै, रौतहटकै देवाही गोनाही नगरपालिकाकी उपप्रमुख परनिया देवी, मौलापुर नगरपालिकाका उपप्रमुख गौरीशंकर प्रसाद, फतुवाविजयपुर नगरपालिकाकी उपप्रमुख कान्ति देवी, माधवनारायण नगरपालिकाकी उपप्रमुख सिमलकुमारी साह र कैलाली भजनी नपाकी उपप्रमुख छायाँदेवी देवकोटालाई पनि हटाइएको छ।

हटाइएका १४ जनप्रतिनिधि :