पछिल्लो २४ घण्टामा १९२० संक्रमण, ३००७ संक्रमणमुक्त, ३४ मृत्यु
काठमाडौं, असार १३ : पछिल्लो २४ घण्टामा थप १९२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
६००० जनामा गरिएको पीसीआर परीक्षणमा १३५३ र ३८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जना गरी १९२० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३००७ रहेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणका कारण ३४ जनाको मृत्यु भएको छ।
नेपालमा हालसम्म ६ लाख ६५ हजार ७७७ जनामा कोरोना संक्रमण भएकामा ५ लाख ८४ हजार ३३४ जना संक्रमणमुक्त भएका छन् भने ९००९ जनाको मृत्यु भएको छ।