२०७५ जेठ २ गतेको स्थितिमा पार्टीलाई फर्काउने एमालेको निर्णय

पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने नेकपा एमालले औपचारिक निर्णय गरेको छ। पार्टीलाई जेठ २ गते फर्काउने निर्णय मंगलबार बसेको स्थायी समिति बैठकलेगरेको र आगामी बिहिबार एकतापूर्वको केन्द्रीय समिति बैठक बोलाउने समेत निर्णय गरेको पार्टी प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिएकाछन् ।

भोलिका लागि बोलाइएको महाधिवेसन आयोजक कमिटी बैठक भने नरोकिने ज्ञवालीले बताएकाछन् । असन्तुष्ट खनाल-नेपाल पक्षको माग अनुसार हालको महाधिवेसन आयोजक कमिटी भंग गरेर पुरानो केन्द्रीय समिति ब्यूँताउने एमालेले निर्णय लिएको हो।

१८ गते बस्ने केन्द्रीय कमिटी बैठकमा माधव नेपाल पक्षका केन्द्रीय सदस्यहरुलाई पनि आमन्त्रण गरिने छ । नेकपाको एकता भंग भएपछि २०७५ जेठ २ गतेको संरचनामा फर्किएपछि एमाले २४१ केन्द्रीय सदस्य छन्।

एकता भंग भएपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले माओवादीका नेताहरूलाई समेत समेटेर केन्द्रीय कमिटी विस्तार गरेर महाधिवेशन आयोजक कमिटीमा रूपान्तरण गरेका थिए। सर्वोच्च अदालतले समेत दशौं महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिने फैसला गरेको थियो।ओलीले पार्टी एकलौटी रूपमा अगाडि बढाउन थालेपछि नेता माधवकुमार नेपाल समूह विद्रोहमा उत्रिएको छ। ओली र नेता नेपाल समूहबीचको ध्रुवीकरणले एमाले विभाजनको डिलमा छन्।

पार्टी एकतालाई जोगाएर अघि बढ्नुपर्ने भन्दै ओली २०७५ जेठ २ को अवस्था फर्किन तयार भएका हुन्।