अध्यक्ष ओलीले बोलाएको बैठकमा माधव समूह सहभागी नहुने

काठमाडौं, असार १६ : नेकपा एमालेको माधवकुमार नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बोलाएको बैठक अवैध भएको भन्दै उक्त बैठकमा सहभागी नहुने निर्णय गरेको छ ।

बिहीबार बुद्धनगरमा बसेको नेपाल पक्षीय स्थायी कमिटी बैठकले केन्द्रीय समिति बैठकमा सहभागी नहुने निर्णय गरेको हो । बैठकले पार्टी एकताका लागि आह्वान समेत गरेको छ ।

बुधबार बसेको एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकले शुक्रबारका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको थियो ।

तर दशौं महाधिवेशन आयोजक समिति नै अवैध भएकाले उक्त समितिले बोलाएको बैठकमा आफूहरु नजाने नेपाल पक्षले जनाएको छ ।