उपत्यकामा हट्यो जोर विजोर तर निषेधाज्ञा असार ३१ सम्म

काठमाडौं, असार २० : काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोर विजोर प्रणाली हटाइएको छ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीले असार २२ गतेदेखि लागू हुने गरी जारी गरेको निषेधाज्ञाको आदेशमा जोर विजोर प्रणाली हटाइएको छ ।

सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन भने मास्कलगायत स्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्नेछ।

असार ३१ गतेसम्म निषेधाज्ञा भने जारी रहेको प्रमुख जिल्ला अधिकारीहरूले बताएका छन्।

निषेधाज्ञामा सभा तथा सम्मेलन गर्न पाइने छैन।