सत्ता गठबन्धनको बैठक सम्पन्न

काठमाडौं, असार ३१ : प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा सत्ता गठबन्धनको बैठक सिंहदरबारमा बसेको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा जारी बैठकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल भने सहभागी रहेका छैनन् । बैठकमा प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अधयक्ष चित्रबहादुर केसी र नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का सहभागी थिए ।
बैठकमा तीन साउनमा बोलाएको संघीय संसद् बैठकमा कसरी अगाडि बढ्ने भन्ने’bout र मन्त्रालय बाँडफाँट र विश्वासको मत’bout छलफल भएको बुझिएको छ ।
