करिब दुई दशकपछि सिंगापुर एयरलाइन्सको नेपालमा उडान

काठमाडौं, साउन ४ : करिब दुई दशकपछि सिंगापुर एयरलाइन्सले नेपालमा उडान थालेकाे छ। 

सिंगापुर एयर र सिल्क एयर आपसमा गाभिएपछि नेपालमा पनि आइतबार सिंगापुर एयरलाइन्सको जहाज अवतरण भएको हो। सो एयरलाइन्सले १ सय ९ यात्रु काठमाडौं उतारेको थियो भने चार यात्रु लिएर फर्किएको छ। 

सिंगापुर र सिल्क एयरका आपसमा गाभिएका थिए। जसले गर्दा सिल्कका गन्तव्यमा समेत सेवा विस्तार गर्ने क्रममा नेपालमा पनि सिंगापुर एयरलाइन्स आउन थालेको हो।

अब सिंगापुर एयरलाइन्सले नेपालमा उडान थालेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। करिब दुुई दशकअघि सिंगापुर एयरलाइन्स काठमाडौं आउने गरेको थियो। सिल्क भित्रिएसँगै सिंगापुरले नेपालमा उडान रोकेको थियो।

सिंगापुर एयरले सातामा एकपटक आइतबार एउटा उडान गर्ने अनुमति पाएको प्राधिकरणले जनाएको छ।