सरकारद्वारा सिन्धुपाल्चोक र मनाङ जिल्ला विपद् जोखिम संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं, साउन ४ : सरकारले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपद् जोखिम संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले असोज मसान्तसम्म सिन्धुपाल्चोक र मनाङलाई विपद संकटग्रस्त क्षेत्र कायम राख्ने  निर्णय गरेको हो ।

सरकारले विपत् जोखिम न्युनिकरण एवं व्यवस्थापन ऐन २०७८ अन्तर्गत असोज मसान्तसम्म लागू हुने गरी  मेलम्ची र मनाङको बाढी प्रभावित क्षेत्रलाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरिएको सरकारका प्रवक्तासमेत रहेको कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् ।