उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त

काठमाडौं, साउन १० : सांसद उमेश श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त भएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज (आइतबार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी आफूसँगै रहनेगरी श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरेका हुन्।

संविधानको धारा ७६ (९) अनुसार प्रधानमन्त्री देउवाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार आफैं सम्हाल्ने गरी राज्यमन्त्रीमा श्रेष्ठलाई तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ।