डा. विश्वनाथ पौडेल योजना आयोगको उपाध्यक्ष नियुक्त

काठमाडौं, साउन १२ : सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्वनाथ पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डा. पौडेललाई आयोग उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।

डा. पौडेल अर्थशास्त्री हुन् । उनले अमेरिकाको निभर्सिटी अफ क्यालिफोर्निया (वर्कले)बाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । र, काठमाडौं विश्वविद्यालयमा एसोसिएट भिजिटिङ प्रोफेसरका रूपमा कार्यरत छन् ।

उनले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को आर्थिक सल्लाहकारका रूपमा काम गरेका थिए । बैंकमा निर्देशक र योजना आयोगमै आर्थिक सल्लाहकारको रूपमा काम गरेको अनुभव पनि उनीसँग छ ।

यस्तै, आयोगका सदस्यहरूमा मन्त्रिपरिषद्ले रामकुमार फुयाँल र दिलबहादुर गुरुङलाई नियुक्त गरेको छ ।