टोकियो ओलम्पिकमा आज गौरिका सिंहले प्रतिस्पर्धा गर्दै

काठमाडौं, साउन १३ : नेपाली खेलाडी गौरिका सिंहले आज टोकियो ओलम्पिकमा प्रतिस्पर्धा गर्न लागेकी छन्।
उनी महिलाको एक सय मिटर फ्रीस्टाइलमा प्रतिस्पर्धा गर्न लागेकी हुन्। उनको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ।
टोकियो एक्वेटिक सेन्टरमा हुने प्रतिस्पर्धामा गौरिका हिट १ मा छिन्। गौरिका रहेको हिटमा नाइजेरिया, मोन्टेनेग्रो र गुवामका खेलाडी छन्।
गौरिकाले १३औं सागमा स्वर्ण पदक जितेकी थिइन्। उनले राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्यमा रहेको बताएकी छिन्।
