कोरोना संक्रमण बढेसँगै उपत्यकामा निषेधाज्ञा थप कडा बनाउने तयारी
काठमाडौं, साउन १८ : कोरोना भाइरस (कोभिड १९) संक्रमण बढ्न थालेपछि काठमाडौं उपत्यकामा जारी निषधाज्ञामा थप कडाइ गरिने तयारी थालिएको छ ।
संक्रमितको संख्या बढ्दै गएकाले निषेधाज्ञा थप कडाइ गर्न लागिएको हो । बजार तथा खुला स्थानमा मानिसहरूको भिडभाड बढेकाले त्यस्ता कार्यलाई निरुत्साहन गर्ने र मास्क नलगाइ हिड्ने र जनस्वास्थ्यका मापदण्ड पालना नगर्नेलाई नियन्त्रणमा लिएर जरिवाना लिने लगायतका नियम बनाईने प्रशासनको तयारी छ ।
यस्तै, सार्वजनिक यातायात सञ्चालनको विषयमा तीनै सीडीओको बैठकले निर्णय गरिने पराजुलीले बताए । निषेधाज्ञाको प्रकृति कस्तो हुने भन्ने’bout आगामी बैठकले निर्णय गर्ने बताईएको छ । कोभिडको दोस्रो लहर आएसँगै मुलुकमा वैशाख १६ गतेबाट काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरिएको थियो ।
पछिल्लो समय नागरिकको जनजीवन कष्टकर भएकाले जिल्ला प्रशासनले निषेधाज्ञा खुकुलो बनाउँदै गएको हो ।