आइतबार २५४८ संक्रमित थपिए , ५५ जनाको मृत्यु

काठमाडौँ, २४ साउन : पछिल्लो २४ घण्टामा २ हजार ५ सय ४८ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ३३ पीसीआर परीक्षण गर्दा २ हजार १३७ जना र ३ हजार ३४५ एन्टिजेन परीक्षण गर्दा ४११जनामा संक्रमण पुष्टि भएको हो। सोही अवधिमा २०१९ जना संक्रमणमुक्त भएका छन।

देशभर सक्रिय संक्रमित ३५ हजार बढी रहेका छन् । पछिल्लो २४ घण्टामा थप ५५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।