कोरोना संक्रमण बढ्दो एकैदिन ४९०४ जनामा पुष्टि, ३५ को मृत्यु

काठमाडौं, साउन २६ : एकैदिन ४९०४ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३२१७ नमूना पिसिआर परीक्षण गर्दा ३ हजार १९४ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ५ हजार ९०६ मा परीक्षण गर्दा १७१० मा संक्रमण देखिएको छ।
कुल १९ हजार १२३ जनाको नमूना परीक्षण गरिएको थियो ।
संक्रमणका कारण थप ३५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा २११५ जना कोरोना संक्रमणमुक्त भएका छन्।