हालसम्म देशभर ५७ लाख ७७ हजार ६९१ ले लगाए कोभिड खोप

काठमाडौं, साउन २७ : हालसम्म देशभर ५७ लाख ७७ हजार ६सय ९१ जनाले कोभिड–१९ विरुद्ध खोप प्राप्त गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
तीमध्ये कोभिसिल्डको पहिलो डोज प्राप्त गर्नेको संख्या १८ लाख ६८ हजार चार सय २५ छ । तीमध्ये पाँच लाख ९७ हजार आठ सय १९ जनाले दोस्रो डोज पनि पाएका छन् ।
यस्तै, भेरोसेलको पहिलो डोज लगाउनेको संख्या २७ लाख सात हजार एक सय २८ छ । तीमध्ये १० लाख ८३ हजार चार सय तीनजनाले दोस्रो डोज पनि पाएका छन् ।
जोन्सन एन्ड जोन्सनको जानसिन खोप प्राप्त गर्नेको संख्या १२ लाख सात हजार एक सय ३८ छ । उक्त खोप एक डोज लगाए पुग्छ ।
कुल जनसंख्याको ७१ दशमलव ६२ प्रतिशत अर्थात् दुई करोड १७ लाख ५६ हजार सात सय ६३ जनालाई कोभिड–१९ विरुद्ध खोप दिने सरकारी योजना छ । त्यसमध्ये पहिलो डोज प्राप्त गर्नेको संख्या २१ दशमलव ०१ प्रतिशत पुगेको छ भने दोस्रो डोज लगाउनेहरू १३ दशमलव २८ प्रतिशत पुगेको छ । यस्तै, कुल जनसंख्याको १५ दशमलव पाँच प्रतिशतले पहिलो डोज र नौ दशमलव ५१ प्रतिशतले दोस्रो डोज पाएका छन् ।
