माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न संसद सचिवालयमा एमालेले पठायो पत्र(सूचीसहित)

नेकपा एमालेले माधवकुमार नेपालसहित मुकुन्द न्यौपोन, रामकुमारी झाक्री, विरोध खतिवडा, मेटमणी चौधरी लगायत १४ सांसदलाई कारबाही गरेको छ। कारबाही गरेका सांसदहरुलाई पदमुक्त गर्न संसद सचिवालयमा पत्र पठाइएको एमाले स्रोतले जनाएको छ ।

यी हुन् कारवाहीमा पर्ने सांसदहरू
१. माधव नेपाल
२. जीवनराम श्रेष्ठ
३. मुकुन्द न्यौपाने
४. विरोध खतिवडा
५. कृष्णलाल महर्जन
६. भवानी खापुङ
७. मेटमणी चौधरी
८. रामकुमारी झाँक्री
९. कल्याणी खड्का
१०. लक्ष्मीकुमारी चौधरी
११. निरादेवी जैरु
१२. पुष्पाकुमारी कर्ण
१३. सरला यादव
१४. कलिला खातुन