ट्वीटरमा डोनाल्ड ट्रम्पसंग भिड्न पुगे बाबुराम भट्टराई

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कडा जवाफ दिएका छन् । ट्रम्पले हिजो आप्रवासीहरुप्रति लक्षित गर्दै गरेको ट्वीटको विरोधमा भट्टराई ट्रम्पसँग भिड्न पुगेका हुन् । ट्रम्पले आप्रवासीविरुद्ध विवादित ट्वीट गरेका थिए ।

ट्रम्पले ट्वीटरमा लेखेका थिए ‘हामी समाजवादी वा कम्युनिष्ट देश कहिल्यै बन्ने छैनौं । यदि तिमी यहाँ खुसी छैनौ भने तिमी जान सक्छौ । यो तिम्रो रोजाइ हो र तिमी एक्लैको रोजाइ हो । यो अमेरिकाको लागि माया हो । सीमित मानिसहरु अमेरिकालाई घृणा गर्छन् । उनीहरु एन्टी इजरायल, प्रो अल कायदा हुन् । उनीहरु सेप्टेम्बर ११ को आक्रमण’bout कसैले केही गर्यो भन्दै टिप्पणी गर्छन् ।’

ट्रम्पको ट्वीटको जवाफमा भट्टराई उनीसँग भिड्न पुगेका हुन् । भट्टराईले जवाफमा लेखेका छन् ‘त्यस्तो प्रजातान्त्रिक र प्रगतिशील मूल्य र मान्यता भएको देशको राष्ट्रपतिले कसरी यस्तो वक्तव्य दिन सक्छ ? अमेरिका कुन दिशातिर अगाडि बढ्दैछ ?