माधव नेपाल आफ्ना पक्षका केन्द्रीय सदस्य र सांसदहरूसंग छलफल गर्न पुगे चन्द्रागिरि

काठमाडौं, भदौ ७ : नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका माधवकुमार नेपालसहितका नेताहरु छलफलका लागि चन्द्रागिरि रिसोर्टमा पुगेका छन् ।
नयाँ पार्टीको केन्द्रीय समितिमा रहेका नेपाल निकटका केन्द्रीय सदस्य र सांसदहरुलाई रिसोर्टमा बोलाइएको छ । नयाँ पार्टीको घोषणापत्र, विधान र नियमावलीको कामका बिषयमा छलफल हुने स्रोतले जनाएको छ ।
नेपाल पक्षको टिम सोमबार र मंगलबार चन्द्रागिरिमै छलफल गर्ने छ । छलफल पश्चात भदौ ९ गते मंगलबार निर्वाचन आयोगले सनाखतका लागि बोलाएकोले सिधै त्यसतर्फ जाने बुझिएको छ ।
