कैलाश-मानसरोवर लाप्चाबाट दर्शन गर्न चर्चित सद्गुरु सिमकोट पुगे

हुम्ला, भदौ ९ : चर्चित सदगुरु हुम्लाको सदरमुकाम सिमकोट आइपुगेका छन्। उनी मानसरोवर कैलाशको दर्शनका लागि नेपाली भूमि लाप्चा क्षेत्रबाट पैदल जाने उद्देश्यले हुम्ला आइपुगेका हुन्।

उनी मंगलबार नै हुम्ला आउने कुरा भए पनि खराब मौसमका कारण हेलिकोप्टरले उडान भर्न नसक्दा बुधबार मात्र सदगुरु हुम्ला आइपुुगेको जनाइएको छ।उनी दुुईजना साथीसहित काठमाडौंबाट नेपालगन्ज र नेपालगन्जबाट सिमकोट विमानस्थलसम्म हवाईजहाजमा आएका हुन्। विमानस्थलमा ओर्लिएपछि उनले सिमकोटलाई अत्यन्त सुन्दर ठाउँ भएको बताएका थिए।

उनी सिमसार क्षेत्रको खेल मैदानमा टाँगिएको पालमा बस्ने जनाइएको छ। उनी एक दिन सिमकोटमै बस्ने र बिहीबार बिहानदेखि लाप्चातर्फको पैदलयात्रा सुरु गर्ने कार्यक्रम छ।