सूर्यमालाको ठाउँमा मिथिला भित्रिइन्

नेपाली चलचित्र ‘आमा’मा मुख्य कलाकार परिवर्तन भएको छ । यस चलचित्रको मुख्य कलाकारका रुपमा रहेकी सूर्यमाला शर्मा खनाल परिवर्तन भएकी हुन् । अहिले उनको ठाउँमा मिथिला शर्मा भित्रिएकी छिन् ।

पारिवारीक कारणले सुर्यमाला विदेश जानुपर्ने भएपछि उनको ठाउँमा मिथिला शर्मालाई भित्र्याइएको निर्माण टिमले जानकारी दिएकाे छ । यो चलचित्र सामाजिक कथामा आधारित भएर निर्माण भइरहेको छ ।

पशुपति प्रसादबाट निकै चर्चामा आएका निर्देशक दिपेन्द्र के खनालको निर्देशनमा बन्ने यो चलचित्रमा शर्मिला पाण्डेकोे लगानी रहेको छ ।


चलचित्रमा मिथिलासँगै सुरक्षा पन्त र सरिता गिरी मुख्य भूमिकामा छन् । चलचित्र फागुन ९ गते प्रदर्शनमा आउने छ ।