काबुल विस्फोटमा १३ अमेरिकीसहित ६० जनाको मृत्यु

काठमाडौं, भदौ ११ : अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल नजिक भएको विस्फोटमा मृत्यु हुनेको संख्या ६० पुगेको छ। दर्जनौं घाइते भएका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मृत्यु हुने ६० जनामध्ये १३ जना अमेरिकी नागरिक छन्। उनीहरु अफगानिस्तानबाट अमेरिकीसँगै अन्य देशका नागरिकलाई फिर्ता ल्याउन खटिएका थिए।

बिहीबार साँझ दुई वटा विस्फोट भएका थिए। एउटा विमानस्थलको गेट नजिक र अर्को विमानस्थल नजिकै रहेको ब्यारन होटलमा भएको जनाइएको छ।

आत्मघाती विस्फोट भएको सुरक्षाकर्मीले जनाएका छन्। यसमा आतंकवादी संगठन आईएसआईएसको खुरासनको संलग्नता रहेको अमेरिकी सुरक्षा निकायले जनाएका छन्।

विस्फोट भएको होटलमा बेलायती सैनिक बस्दै आएका थिए। विस्फोटमा धेरैजसो अफगान नागरिकको ज्यान गएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले उद्धार कार्य जारी रहने बताएका छन्। विस्फोटले उद्धार कार्यमा कुनै असर नपर्ने उनको भनाइ छ।